मौलापुर,
राजकुमार यादव
लगतार तीन दिनको बर्षाका कारण रौतहटको गढीमाई नगरपालिकामा बागमती नदीको तटबन्ध कटान गरी बस्तिमा बाढी पस्ने खतरा बढेपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले अनुगमन गर्नु भएको छ ।अविरल वर्षाको कारण रौतहटको पूवी भेगस्थित बागमती नदी र पश्चिममा पर्ने लालबकैया नदीमा ठूलो बाढी आएपछि रौतहटको जनजीवन प्रभावित बनेको छ ।

बागमती नदीमा आएको बाढीले रौतहटको गढीमाई, राजदेवी र माधवनारायण नगरपालिकामा गरिएको तटबन्ध कटानलाई अध्यक्ष नेपाल अनुगम गर्ने भएको छ । बागमतीको बाढीले जिल्लाका तीन वटा पालिकाका ५ स्थानका बाधमा क्षति पुर्याएको छ ।
अनुगमनको क्रममा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादव, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमल यादव, गढीमाई नगरपालिका वडा ५ का वडा अध्यक्ष राजीवरंजन यादव, वडा ६ का वडा अध्यक्ष राम सिंहाशन यादव, वडा १ का वडा अध्यक्ष रामपुकार यादव, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।त्यस्तै गरी लालबकैया नदीमा आएको बाढीले इशनाथ, मौलापुर, कटहरिया र राजपुर नगरपालिका क्षति पु¥याएको छ ।
लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर १ मर्यादपुर गाउँ छेउमा नदीको बाँध कटान गरेको छ । जिल्लास्थित अडुबा, चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदी आसपासका बस्तिको जनजीवन प्रभावित बनेको हो । मौलापुर नगरपालिका मेयर प्रत्यासी रामकल्यान यादवका अनुसार बिहीवार अध्यक्ष नेपालले मौलापुरस्थित लाल बकैया नदी कटान क्षेत्रको अनुगम गर्नुहुने बताइएको छ ।

Leave a Reply