निजगढ,निजगढका २ सामाजिक संस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम गरेर स्थानीय प्रहरी र विद्यालयलाई पंखा सहयोग गरेका छन ।मेची महाकाली संयुक्त बुहारी समाज निजगढ र ‘जी टेन’ नामक सामाजिक संस्थाले विद्यालय र प्रहरी कार्यालयमा पंखा सहयोग गरेका हुन ।
बुहारी समाजले इलाका प्रहरी कार्यालय निजगढको प्रतिक्षालयमा प्रयोग गर्ने १५ हजार मूल्य बाराबरको ४ थान पंखा सहयोग गरेको हो । समाजकी अध्यक्ष चण्डिका पुलामी मगरले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेलाई सो पंखा हस्तान्तरण गर्नुभएको थियो । प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सुविधाको समाजले लागि पंखा सहयोग गरेको पुलामीले बताउनुभयो ।
त्यसैगरीसामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समूह ‘जी टेन’द्वारा निजगढ नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुलाई पंखा वितरण गरेको छ ।गर्मीका कारण विद्यार्थीहरुको पठनपाठनमा परेको समस्यालाई ध्यानमा राखेर समूहले निजगढ नगरपालिका विभिन्न वडाका ६ वटा आधारभूत विद्यालयमा २५ थान पंखा वितरण गरेको हो ।समूहले निजगढ १३ डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभूत विद्यालयमा ५ थान, भक्तलालस्थित श्री भगवति आधारभूत विद्यालयमा ५ थान र निजगढ २ को लोकप्रिय आधारभूत विद्यालयमा ८ थान, निजगढ ३ स्थित श्री सरस्वति आधारभूत विद्यालयमा ४ थान, निजगढ ६ स्थित श्री बालविकाश आधारभूत विद्यालय र निजगढ ४ स्थित श्री जनकल्याण आधारभूत विद्यालयमा ४÷४ थान पंखा वितरण गरेको हो ।

















