राजन कुमार बानिया
पोखरिया १६ असोज
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवावन कटेयामा बुधवार रामजानकी मन्दिरको शिलान्यास गरिएको छ ।गाँउपालिका अध्यक्ष यशवन्त यादवले हिन्दु रितिरिवाज अनुसार पूजापाठ गरेर मन्दिरको शिलान्यास गर्नुभएको हो ।
गाँउपालिका स्तरीय बजेटबाट १५ लाख रुपैयाँको लागतमा कटैयामा रामजानकी मन्दिरको निर्माण गर्न लागिएको हो ।
शिलान्यास कार्यक्रममा गाँउपालिका अध्यक्ष यादवले मन्दिर निर्माणमा अपुग हुने रकम थप गरिने प्रतिबद्धता जनाउनुभयो । साथै उक्त मन्दिर निर्माण भइसकेपछि त्यसकै छेउमा पार्वती मन्दिरको पनि गाँउपालिकाले निर्माण गर्ने घोषणा उहाँले गर्नुभयो ।पालिका अध्यक्ष यादवकै प्रमुख आतिथ्यतामा भएको मन्दिर शिलान्यास कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष मुजालिम अन्सारी, पूर्ववडा अध्यक्ष अनरुद्र पटेल, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र राउत कुर्मी, युवा नेता चन्दन सहनी लगायतकाको पनि सहभागीता रहेको थियो ।

















