चैत १३ गते नेपालमा प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाहले सपथ लिनुभयो । उहाँ आवद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग दुई तिहाइ मत ल्याएपछि उहाँ प्रधानमन्त्रीमा चयन हुनुु स्वभाविक नै हो र एक प्रक्रिया नै हो । यही प्रक्रिया अनुसार नै उहाँले प्रधानमन्त्रीको सपथ लिनुभयो र मन्त्री परिषद पनि गठन भयो ।

जनताले मत दिएर पठाएको व्यक्तिले सपथ लिनुु पनि स्वभाविक नै हो र उहाँ प्रधानमन्त्री बनेपछि देशमा केही परिवर्तन होला भन्ने नागरिकहरुलाई पनि लाग्यो र यसै अनुसार केही परिवर्तन पनि भइरहेको छ तर शुक्रबार उहाँले सपथ लिनु भयो अनि शनिबार एकाएक बिहानै दुई जना व्यक्तिलाई पक्राउ गरियो ।
कुनै सामान्य मानिस नभइ बालेन आउनुभन्दा एक सरकार अगाडिका वा एक वर्ष अगाडिसम्मको कुरा गर्ने हो भने त्यो समयमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीलाई ओछ्यानबाट नै पक्राउ गरियोभन्दा पनि हुन्छ र त्यही समयका गृहमन्त्री रमेश लेखकलाई पनि त्यसरी नै पक्राउ गरियो । धेरैले केपी र ओली दोषी भए पनि नभए पक्राउको तरिका ठीक नभएको भने र उनीहरु दुबैजनालाई पक्राउ गरियो ।
तर, ओली हिराशतमा बस्न परेन भने लेखक प्रहरी गणमा बस्न परेको अवस्था थियो तर उनीहरु बिहीबार रिहा भए ।

सर्बोच्चले ओली र लेखकलाई रिहा गरिदियो र सरकारले बिहानै एकाएक गरेको पक्राउ अर्थहिन सावित भयो । जे अरोप लगाएर बानेन्द्र सरकारले उनीहरुलाई पक्राउ गरेको थियो, त्यसको पुष्टी हुन सकेन अब नैतिकताको कसीमा त यो सरकार पनि त पर्यो नि । यस्तो हचुवाको पक्राउको अर्थ खोइ कहाँनिर रह्यो र अब ।

Leave a Reply