आज प्रजातन्त्र दिवस । नेपालमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
नेपालको इतिहासमा फागुन ७ गतेको भने महत्व छ । आज असीको दशकमा प्रजातन्त्रको कत्तिको सार्थकता छ भन्ने कुरा समयले नै स्पष्ट पारेको छ तर प्रजातन्त्र भने सदैव आवश्यक छ भन्ने कुरा जुनसुकै व्यवस्था आएपछि प्रष्ट छ ।
राणा शासनको अन्त्य भएको संझनामा नेपालमा फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । नेपालमा राणाहरुले ज्यादती गरेको कुरा इतिहासमा नै उल्लेख छ । उनीहरुको शासनकालमा जनता मात्र होइन राजाले समेत शास्ती खेप्न परेको थियो ।
यसैका कारण पनि तत्कालिन समयमा राजाहरु समेत वाक्क भएर प्रजातन्त्रको चाहना गरेका थिए र राजाकै सहयोगमा नेपालमा ००७ सालमा प्रजातन्त्र आयो । देशमा प्रजातन्त्र आए पनि त्यही समयदेखि स्थिरता भने कम भएको देखिन्छ । यो वा त्यो बाहानामा देश बन्धक नै भएको छ ।
अब ८० सालको यो अवधिमा देशको समीक्षा गर्दा देशले धेरै कुरा पाएको पनि छ र कयौं कुरा गुमाएको पनि छ । देश जुन तरिकाले अगाडि बढ्न पर्ने हो,त्यसरी बढेको देखिदैन ।
यसै परिपेक्ष्यमा नेपालमा यही फागुनमा चुनाव हुदैछ । लोकतन्त्र वा प्रजातन्त्र जे भनेपनि चुनावको महत्व हुन्छ नै । दलहरुले चुनावका लागि यो वा त्यो कुरा गर्ने गर्दछन् तर देश बिकास हुन पर्ने जति भएको छैन ।यसमा सबैको गल्ती देखिन्छ । के राजनीतिक दल, के राजा वा जनता समेत । अब नयाँ दलको त परीक्षा हुन नै बाँकी छ तर देश नबन्नुमा सबै दोषी छन् । अब यो चैं यही बेलामा समीक्षा गर्न आवश्यक छ र देश बनाउने संकल्प सबैले लिन जरुरी छ ।
















