वीरगञ्ज,पत्रकार क्रान्ति साहलाई ‘स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको पुरस्कार आइतवार शाहलाई दिइएको हो ।

प्रतीक दैनिक पत्रिकाको ३९औं वार्षिकोत्सव समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले साहलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतीक प्रकाशन समूहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । गत साउन १७ गते बसेको समूहको बैठकले यस वर्षका लागि साहलाई चयन गरेको हो ।
साह मधेस खबरका संचालक तथा अन्नपूर्ण पोष्टका पर्सा संवाददाता हुनुहुन्छ । कार्यक्रममा प्रतीक दैनिकका उत्कृष्ट संवाददाताका रूपमा प्रमोद यादवलाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।यसैगरी उत्कृष्ट स्तम्भकारका रूपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई १० हजार रुपैयाँ, स्व. चिरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सूर्यनारायण विकलाई १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।समारोहमा प्रतीक दैनिकका कर्मचारी श्यामजी प्रसाद गुप्तालाई ५ हजार रुपैयाँ र स्तम्भकार अनन्तलाल दासलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Leave a Reply