सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका– १ सखुवनियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६२ वर्षीय विश्वनाथ चौधरी रहेका छन । चौधरीलाई बिहीवार राति करिब ९ बजे आफ्नै घरमा बल्ब बाल्नका लागि स्विच थिच्ने क्रममा करेन्ट लागेको थियो ।
परिवारका सदस्यहरूका अनुसार करेन्ट लागेपछि उनी बेहोश अवस्थामा थिए । उनलाई तत्काल वीरगञ्जस्थित नारायणी अस्पतालमा पु¥याइएको थियो । अस्पतालका चिकित्सकहरूले चौधरीलाई मृत घोषणा गरेका थिए ।



















