वीरगञ्ज,वीरगञ्जका उद्योगपती एवं समाजसेवी नवनित अग्रवालले आफ्नो जन्मदिनको अवसरमा असहाय रोगीहरुको लागि निशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र वीरगञ्जलाई रकम प्रदान गर्नुभएको छ ।
समाजसेवी अग्रवालले आफ्ना सहयोगी कर्मचारीमार्फत रेडक्रस सोसाइटी पर्साका कोषाध्यक्ष महन्थप्रसाद यादवलाई सोमवार २१ हजार नगद रकम हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा उपचारमा आउने असहाय एवंम गरिंंंब बिरामीलाई उपचारको क्रममा रगत आवश्यक पर्दा कतिपयले रगत दान गर्नसक्ने तर रगत परीक्षण गराएर उक्त रगत आफ्नै बिरामीको लागि प्रदान गर्न टेस्टिङ कीट तथा रगतको थैली बापतको शुल्क जुटाउनमा कठिन हुने हुँदा त्यस्ता बिरामीहरुको लागि प्रत्यक्ष सेवा पुग्ने गरि रगत परीक्षण बापतको शुल्क मिनाहा हुने गरि सोको खर्चबापत अग्रवालले सो रकम हस्तान्तरण गराउनुभएको हो ।‘यो रकमले हाललाई २० जनालाई सेव पुग्नेछ, उहाँले भन्नुभयो, आवश्यकताअनुसार उक्त रकममा थप गरिदै लगिने छ ।’
समाजसेवी अग्रवाल रेडक्रस पर्सा कार्यसमिति सदस्य समेत रहनुभएको रेडक्रस कार्यालयका सहायक राजन श्रीवास्तवले जानकारी गराउनुभयो ।रकम हस्तान्तरण कार्यक्रममा अग्रवालका कर्मचारी विबेक पटेल, रेडक्रस रेशमकोठी उपशाखाका सचिव लालबाबु सिंह, छपकैया उपशाखाका ग्यासुदिन ठकुराइ, नि. प्राविधिक अधिकृत धिरेन्द्र झालगायतको उपस्थिति रहेको राजन श्रीवास्तवले बताउनुभयो ।















