निजगढ,राष्ट्रिय युवा संघ नेपालले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुरस्थित श्री शंकर आधारभूत विद्यालयमा वृक्षारोपण गरेको छ ।युवा संघ केन्द्रीय कमिटीको एक महिने वृक्षारोपण अभियान अन्तर्गत युवा संघका नेता तथा कार्यकर्ताहरुले शनिवार विद्यालय परिसरमा विभिन्न प्रजातिका विरुवा रोपेका हुन ।

मधेस प्रदेश सभा सदस्य राजपति देवीको विशिष्ट आतिथ्यतामा भएको सो वृक्षारोपणमा युवा संघका केन्द्रीय सदस्य तिलक घलान, ईमराज कोइराला, राम यादव, सद्दाम अन्सारी, नेकपा एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्र जैशवाल, वडा कमिटी अध्यक्ष सियाराम कुशवाहासमेतको उपस्थिति रहेको थियो । युवा संघ नेपाल सिम्रौनगढ ११ नम्बर वडा कमिटी अध्यक्ष महन्त महतोका अध्यक्षता र प्रदेश कमिटी सदस्य मुकेश जैशवालको समन्वयमा वृक्षरोपण गरिएको हो ।

Leave a Reply