कृष्ण मोहन साह
सेढ्वा,अविरल बर्षासंगै चलेको हावाले पर्साको ग्रामीण भेगमा किसानले लगाएको धानबाली डुबानमा पर्नुको साथै बोट ढलेर क्षतिग्रस्त भएको छ । पाक्न थालेको धान ढलेपछि किसानहरु मर्कामा परेका छन ।पर्साको पर्सागढी नगरपालिका लगायत ग्रामीण भेगमा किसानले लगाएको धानबाली अविरल बर्षाका कारण डुवान र रातिको समयमा आएको हावाले ढलेको हो । यस क्षेत्रका अधिकांश किसानले लगाएको धानबाली ढलेर जमिनमा टाँसिएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ का किसान शिवपुजन महतोले आफूले १० कठ्ठा धान पाकेर काटने समयमा अत्याधिक बर्षाको कारण ढल्नुको साथै डुबानमा परेको बताउनुभयो । बर्षभरि खाने धानबाली डुवानमा परेको र ढलेर नष्ट भएपछि परिवारमा हातमुख जाड्ने चिन्ता थपिएको किसान महतोले बताउनुभयो ।धान खेतमा पानीको उचित निकास नहुँदा बर्षाको पानी भरिएर पर्साको ग्रामीण भेगमा किसानले लगाएको दर्जनौ बिघा जमिनको धानबाली डुबानमा परेर क्षति भएको हो ।

यसैबीच बिहीवारदेखिको अविरल बर्षाको कारण सडक अवरुद्ध हुँदा पर्साको उत्तरी क्षेत्रको बासिन्दालाई आवागमनमा समस्या भएको छ ।वर्षाका कारण उक्त क्षेत्रमा आएको बाढीले सडक कटान गरेपछि जिल्लाको रङ्गपुर, मनवा, बडनिहार हुँदै बाराको जीतपुर बजारसम्म चल्ने सवारी साधनहरु अवरुद्ध भएका हुन ।रङ्गपुरनजिक रहेको बङ्गकुल खोला, सियरही खोला, सिङ्गगाही खोला, फन्टी खोलामा आएको बाढीले सडक कटान गरेको र सवारी अवरुद्ध हुँदा शनीवार दिनभरि नै यातायाता प्रभावित बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here