हेटौडा,नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनु्भएको छ । बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आउनुभएकी शाक्यलाई एमालेले संसदीय दलको नेता चयन गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो । केन्द्रमा माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेसंगै स्पष्ट अल्पमतमा परेको डोरमणि पौडेल नेतृत्वको सरकार टिकाउन एमालेले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो । शाक्यलाई अब मुख्यमन्त्री बनाउने रणनीति एमालेले लिएको छ ।

 

Leave a Reply