कृष्ण मोहन साह
सेढवा,संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशमा स्वास्थ्य तथा शिक्षामा क्रमिक रुपले सुधार हुदै गएको पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले बताउनुभएको छ ।पर्साको पटेर्वासुगौली गाउँपालिकामा नव निर्मित १० शैयाको आधारभूत अस्पतालको उद्धाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । देशमा संघीयता आएपछि हरेक पालिकामा स्वास्थ्य सेवा प्रदान गर्नका लागि आधारभूत अस्पताल निर्माण हुने र आम नागगरिकहरुले स्थानीय स्तरमा गुणस्तरीय सेवा पाउन थालेको उहाँले बताउनुभयो । ‘स्वास्थ्य सेवासंगै विद्यार्थीले पनि स्वदेशमै गुणस्तर शिक्षा प्राप्त गरेका छन, सभापती देउवाले भन्नुभयो, यो सबै संघीयता र गणतन्त्र स्थापनाको उपलब्धि हो ।’

कार्यक्रमका अन्य वक्ताहरुले मधेशलाई समृद्धिको बाटोमा लैजाने योजना नेपाली काग्रेस पार्टीसंग मात्र रहेको बताएका छन । देशका सातै वटै प्रदेशमध्ये मधेश प्रदेश हरेक क्षेत्रमा पछाडि परेकोले यसको समृद्धिका लागि जनप्रतिनिधिहरु तथा आम नागरिकहरु सचेत भइ नेपाली काग्रेसलाई समर्थन गर्न आवश्यक रहेकोमा उनीहरुले जोड दिएका छन ।
मधेसवादी दलहरुले मधेसलाई विभिन्न थरिको भ्रष्टाचार गरी बेच्दै आएकाले उनीहरुको पतन हुन थालेको वक्ताहरुको भनाई थियो । मधेसमा खेतीयोग्य जमिन प्रसस्त भएकाले कृषिमा उत्पन्न समस्यालाई न्यूनीकरण गरी खद्यान्न भण्डार बनाउन आवश्क रहेको वक्ताहरुले सुनाए ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका संघीय सांसद तथा पूर्वमन्त्री रमेश रिजाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुगांना, संबिधानसभा सदस्य नगिना यादव, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संबिधानसभा सदस्य अनिल रुगंटा, नेपाली कांग्रेस सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरी, नेपाली कांग्रेसका संघीय सांसद केशरजंग रायमाझी, नेपाली कांग्रेस मधेश प्रदेशका सभापती कृष्णप्रसाद यादव, मधेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री जनार्दन सिंह क्षेत्री पूवमन्त्री सुरेन्द्रप्रसाद चौधरीले मन्तव्य व्यक्त गरेका थिए।

गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष ममता महतोले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ मा सो अस्पतालको भवन मिलिनियम÷ सागर जे भी कम्पनीले निर्माण कार्य सम्पन्न गरेको हो । कम्पनीले ७ करोड १० लाख रुपैयामा ठेक्का सकार गरी २०७९ जेठ १५ गते सम्झौता गरेका र २ वर्ष समयावधिमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो ।अस्पताल भवनमा बिरामीको चेकजाच, बिरामी र कुरुवा बस्ने स्थान, प्याथोलोेजी, एक्सरे, भिडियो एक्सरे, इसीजी, औषधी वितरण शाखा तथा सवारी साधनको पाकिङ्गलगायतको सुविधा रहेको छ ।सो अस्पताल संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत लगानीमा निर्माण भएको हो ।

Leave a Reply