कलैया,ट्रान्सफर्मर बिग्रिएर महिनौँदेखि विद्युत् आपूर्तिमा समस्या भोगिरहेका पचरौता नगरपालिका– ४ बेलदारीमा नगर प्रमुख जलन्धर सिंहको पहलमा नयाँ बुधवार ट्रान्सफर्मर जडान भएको छ ।लामो समयदेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा घरायसी कामकाजदेखि व्यवसायिक तथा कृषि कार्यसम्म प्रभावित हुदैआएको अवस्थामा नयाँ ट्रान्सफर्मर जडान भएर विद्युत सुचारु हुने भएपछि बेलदारीका बासिन्दा हर्षित भएका छन् । नगरपालिकाले पुरानो र क्षमताविहीन ट्रान्सफर्मर हटाएर गुणस्तरीय र उच्च क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरेपछि स्थानीयले राहतको अनुभूति गरेका हुन ।
गाउँमा विद्युत समस्या समाधानका लागि नगर प्रमुख सिंहले यसअघिदेखि नै चासो देखाउँदै आउनुभएको थियो । “नगर प्रमुखको सक्रियताका कारण वर्षौंदेखिको समस्या समाधान भयो,” एक स्थानीय बासिन्दाले बताए ।

Leave a Reply