कृष्णउदास खनाल
वीरगञ्ज,कृषि प्रधान भनिएको नेपाल खाद्यान्नमा अझै परनिर्भर रहेको तथ्य वीरगञ्ज भन्सार कार्यालयले देखाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको मंसिर महिनाको पैठारी बस्तुहरुको विवरणमा चामल दोश्रो नम्बरमा नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर मसान्तसम्ममा वीरगञ्ज भन्सारको बाटो भएको ७६ करोड, ८० लाख, ६३ हजारको चामल नेपाल आयात भएको छ ।भारतसहित विभिन्न देशबाट नेपालमा चामलको पैठारी अथवा आयात भएको हो । चामलबाट भन्सारले ८ करोड, ८४ लाख १७ हजार रुपैयाँ राजश्व समेत संकलन गर्न सफल भएको छ ।
यो अवधिमा ५७ लाख, ५२ हजार ९ सय ८० क्विटल चामल नेपाल भित्रिएको हो । बितेको मंसिर महिनामा मात्रै २१ करोड, ३५ लाख ६९ हजारको चामल नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको यही अवधिमा भने झन् बढी एक अर्ब, २१ करोड, ३२ लाख १० हजार रुपैयाँ बरावरको चामल आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षभन्दा यो वर्ष सोही अवधिमा चालमको आयात घटेपनि यो परिणम अझै उलेख्य नै रहेको भन्सारका अधिकारीको तर्क छ ।नेपालमा चालु आर्थिक बर्षको मंसिरसम्ममानै धान भने एक नम्बरमा पैठारी अथवा २ अर्ब, ४० करोड, ३१ लख ६४ हजारको आयात भएको छ । मंसिरमा मात्रै धान एक अर्ब, ६ करोड, ७४ लाखको चामल आयात भएको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने वीरगञ्ज भन्सारको बाटो. भएर २ अर्ब, ४० करोड, ३१ लख ६४ हजारको धान आायत भएको भन्सारको अभिलेखमा उल्लेख छ ।नेपालमा खेती योग्य जमिन बाँझो रहनु तथा दक्ष जनशिक्तको अभाव सहित देशको युवाशक्ति विदेसिएकाले पनि धान तथा चामलको आयात बढेको भन्सारको अधिकारीको भनाई छ ।

Leave a Reply