जीतपुर,मानवसेवा आश्रम वीरगञ्ज शाखाले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ बहुवरी ड्राइपोर्ट चोकबाट सोमबार मानसिक अवस्था कमजोर भएको एक जना पुरुषको उद्धार गरेको छ ।आफ्नो नाम, थर र ठेगाना प्रष्ट बताउन नसक्ने, अन्दाजी वर्ष ३५ पुरुषलाई आज दिउसो ३.१५ बजे उद्धार गरेर वीरगञ्जस्थित आश्रममा ल्याइएको छ । आश्रम पु¥याएपछि नुहाइधुहाइपछि व्यक्तिगत सरसफाइ गरी चिकित्सक भरत गोइतको निगरानीमा औषधि उपचार हुने जनाइएछ ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव र प्रहरी चौकी सिर्सियाका प्रहरीको उपस्थिति रहेको थियो ।
















