निजगढ,सडकमा गुडिरहेको बसको स्प्रीङ्गपट्टा भाच्चिएर बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा पुलबाट बस खसेपछि एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते बनेका छन । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा दाङ देउखुरी गटवा गाउँपालिका–५ का ४५ वर्षीय चेतन राय यादव रहेका छन । गम्भीर घाइते बनेका यादवको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा सोमवार बिहान ३ः५० मा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।

४३ जना यात्रु सवार ना ८ ख ११६४ नम्बरको बसको स्प्रीङ्गपट्टा भच्चिएपछि शनिवार राति १२ बजे निजगढबाट पश्चिमतर्फको उनासी पुलबाट खसेको थियो । बसको अगाडिको पट्टा भाच्चिएपछि अनियन्त्रित भएको बसको अगाडि पट्टीको भाग पुलबाट ८÷१० मिटर तल जोतिन पुगेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताउनुभयो । बस खस्ने क्रममा पुलको फलामे रेलिङ्गसमेत भाच्चिएको छ ।

घाइतेमध्ये चालकसहित ६ जनालाई थप उपचारका लागि वयोधा अस्पताल वीरगञ्जमा पठाइएको छ भने अन्य छ भने अन्यको निजगढस्थित सामुदायिक प्रसुती गृह अस्पताल र सि.टी अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा परि घाइतेभएका मध्ये १५ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइतेहुनेहरुमा बस चालक सल्यान सारदा नगरपालिका–३ का ४० वर्षीय भोलाबहादुर भण्डारी, सहचालक दाङ तुल्सिपुर नगरपालिका–५ का ३५ वर्षीय कृष्ण बहादुर बुढाथोकी, प्युठान सरुमाइरानी गाँउपालिका–३ का ४६ वर्षीय ईमाराम सुनार, सोही स्थानका ४२ वर्षीय सिताराम सुनार, सुर्खेत भेरी गंगा नगरपालिका–११ का २५ वर्षीय सोनु बि.क., सल्यान बागचौर नगरपालिका–४ की २६ वर्षीय तुलसा के.सी., सुर्खेत सिंगठन नगरपालिका–२ का २२ वर्षिय कर्ण खड्का, अर्घाखाची सितगंगा नगरपालिका–७ का २६ वर्षीय बुठाबहादुर राउत, सोही स्थानका २७ वर्षीय रोमबहादुर राउत, प्युठान बांगेशाल नगरपालिका–१ का ४७ वर्षीय भुपेन दमाई, सरुमाईरानी गाँउपालिका–१ का १८ गणेश बादी, सोही स्थानका ३५ वर्षीय बलबहादुर दमाई, दाङ राप्ति गाँउपालिका–५ की २१ वर्षीया सपना भट्टराई, रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ का २० वर्षीय सन्तोष बिष्ट, प्युठान सरुमईरानी गाँउपालिका–३ का २२ वर्षीय शंखर बि.क., सल्यान कालिमाटी गाँउपालिका–२ का २५ वर्षीय दलबहादुर बुढा, अर्घाखाची सितगंगा नगरपालिका– ९ का ४३ वर्षीय देबबहादुर थापा, दाङ घोराही नगरपालिका–१० की ४० वर्षीय लक्ष्मी अधिकारी, सल्यान कपुरकोट गाँउपालिका–६ की ५५ वर्षीय टिकी पुन मगर, कालिमाटी गाँउपालिका–३ का १९ वषीय प्रकाश सिंजाली, प्युठान सरुमाईरानी गाँउपालिका–१ का २६ वर्षीय बेदप्रसाद बि.क., सल्यान सारदा गाँउपालिका– ५ का ५५ वर्षीय बलबहादुर मगर, दाङ देउखुरी गटवा गाँउपालिका–५ का ४५ वर्षीय चेतन राय यादब, सल्यान कालिमाटी गाँउपालिका–२ का ६५ वर्षीय दलबहादुर बि.क, दाङ मटिअर्वा गाँउपालिका–५ का ३५ वर्षीय दयाराम यादब, कपिलबस्तु शिवारा गाँउपालिका–४ का ५५ वर्षीय समित पैठा, प्युठान सरुमाई रानी गाँउपालिका–१ का ५५ वर्षीय चन्द्र धामी, सिराहा बरियार गाँउपालिका–५ का ५५ वर्षीय बलिराम यादब, सुनसरी ईनर्वा गाँउपालिका–३ की ३५ वर्षीया संगिता मगर, दाङ गदर्वा गाँउपालिका–३ की ५५ वर्षीया बिरुन यादब, तुल्सिपुर उपमहानगरपालिका– १८ की ३० वर्षीया हिराबहादुर सुनार, प्युठान सरुमाईरानी गाँउपालिका–३ को ४५ वर्षीय तुल्सिराम साठिधारी, दाङ राजपुर गाँउपालिका का २१ वर्षीय चितराम यादब, सोही स्थानका ६० वर्षीय मिथुजा पैठान, प्युठान हंसपुर नगरपालिका–३ का ५९ वर्षीय गंगाराम बि.क., धनकुटा चौबिसकोटी गाँउपालिका– ५ की ३५ वर्षीया खेमकुमारी याखा, प्युठान सरुमाईरानी नगरपालिका–१ का ५४ वर्षीय टिकाराम बि.क., कपिलबस्तु शिबराज नगरपालिका–४ का ३३ वर्षीय बब्लु अंसारी, सोही स्थानका ३९ वर्षीय अक्बर मुसलवान, सल्यान दार्मा गाँउपालिका– ५ का २२ वर्षीय जगतबहादुर खड्का, सुर्खेत सिमता गाँउपालिका–८ का २२ वर्षीय खेमराज राना, भारत सिद्धानगर ईमिलिया का ५० वर्षीय साहोलप्रसाद चौरसिया र भारत यु.पि.का १४ वर्षीया हुल्सन कुमार चौरसिया रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
निजगढ,निजगढस्थित पूर्वपश्चिम राजमार्गको तामागढी गेट नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
दुर्घटनामा सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ घर भएका ३७ को दिनेश साहको मृत्यु भएको हो ।
आइतवार राति निजगढ– ८ स्थित पूर्व–पश्चिम राजमार्गको तामागढी गेट नजिक बा ६३ प ७३३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४६ को किशोरी साह गम्भीर घाइते भएका छन् । उनको बयोधा अस्पताल वीरगञ्ज उपचार भइरहेको छ ।
निजगढबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकल तीव्र गतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ । मृतक साह मोटरसाइकल चालक हुन् ।

Leave a Reply