वीरगञ्ज,शिक्षा विकास तथा समन्वय इकाई बाराले विद्यालयभित्र राजनीतिक गतिविधि सञ्चालन गर्नेलाई कडा कारबाहीको चेतावनी दिएको छ ।इकाई प्रमुख हेमराज खतिवडाले आइतवार एकसूचना सार्वजनिक गर्दै विद्यालयहरूमा राजनीति प्रवेश गराउने शिक्षक वा प्रधानाध्यापकविरुद्ध कारबाही हुने स्पष्ट पार्नुभएको हो ।
कलैया उपमहानगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूले कक्षा कोठामै राजनीतिक नाराबाजी गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएपछि इकाईले कारबाहीको चेतवानी दिएको हो ।प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीका नेताहरूको उक्साहटमा केही दिनअघि विद्यालयहरुमा ‘नो टिचर, नो टिचिङ’ भनिएको नारासहितको भिडियो सार्वजनिक भएपछि इकाई प्रमुख खतिवडाले त्यस्ता गतिविधि गर्ने र गराउनेमाथि कारबाहीको चेतावनी दिनुभएको हो ।इकाईले विज्ञप्तिमा दोषी शिक्षक वा दलहरूको नाम सार्वजनिक नगरे पनि कानुनी कारबाहीको प्रक्रियाअघि बढाउने सङ्केत गरेको छ । उक्त सूचना जिल्ला प्रशासन कार्यालय बारामा पनि जानकारीको लागि पठाइएको छ ।“विद्यालय शान्ति क्षेत्र निर्देशिका २०६८ अनुसार विद्यालयहरूमा कुनै पनि राजनीतिक गतिविधि गर्न-गराउन निषेध गरिएको छ।



















