मनोज शाह
जीतपुर,युवा अभियान र श्री साथी नेपालको संयुक्त आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बेहरीका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको छ ।
होम फोर चिल्ड्रेनको आर्थिक सहयोगमा भएको सो कार्यक्रममा विद्यालयमा अध्ययनरत १ सय २ जना विद्यार्थीहरुलाई एक÷एक थान स्कुल ब्याग वितरण गरिएको हो ।युवा अभियान बाराका अध्यक्ष वीरेन्द्र बास्कोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिको रूपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरुङ रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष गुरुङले सामाजिक संस्थाहरूको सक्रियताका कारण सामुदायिक विद्यालयहरूमा उल्लेखनीय सहयोग पुग्ने बताउँदै सहयोगी संस्थाहरुलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा स्थानीय सरोकारवाला व्यक्तिहरूको पनि सहभागिता थियो ।साथी नेपालकी अध्यक्ष सरिता सापकोटाको जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई विद्यालय व्याग वितरण गरिएको हो ।


















