काठमाडौँ —पेरिस सेन्ट जर्मेन (पीएसजी) र एटलेटिको म्याड्रिड ले मंगलबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

पीएसजीले एनफिल्डमा भएको क्वाटरफाइनल दोस्रो लेगमा लिभरपुल लाई २–० ले पराजित गर्दै समग्रमा ४–० को जित हासिल गर्‍यो। डिफेन्डिङ च्याम्पियन पीएसजीका लागि ओसमन डेम्बेले ले दुवै गोल गरे। यस हारसँगै लिभरपुलको यस सिजन कुनै पनि उपाधि जित्ने सम्भावना समाप्त भएको छ। पहिलो लेगमा पनि पीएसजी २–० ले अगाडि थियो।

अर्को क्वाटरफाइनल दोस्रो लेगमा बार्सिलोना ले एटलेटिको म्याड्रिड लाई २–१ ले हरायो। तर समग्रमा ३–२ ले पछि परेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरियो। एटलेटिकोले पहिलो लेग २–० ले जितेको थियो।

यस खेलमा बार्सिलोनाका लागि लामिन यामलफेरान टोरेस ले गोल गरे। तर एडेमोला लुकमन ले एटलेटिकोका लागि गरेको निर्णायक गोलले टोलीलाई सेमिफाइनलमा पुर्‍यायो।

Leave a Reply