वास्तवमा जनप्रतिनिधधिहरु जनताबाट निर्वाचित ब्यक्तिहरु हुन् । जनताको अमुल्य मत पाएर नै जनप्रतिनिधिहरुले जनाको काम गर्ने हो तर बारा जिल्लाको सवालमा भने ठीक उल्टो देखिएको छ । बाराको कलैया उपमहानगरपालिकाका मेयरले नराम्रो हर्कत गरेका छन् । उनी सहित केही वडा अध्यक्ष समेत पक्राउ परेका छन् । वास्तवमा अहिले नागरिकहरु मारमा परेका छन् । यस्तो अवस्थामा राहतको नाउमा कुहिएको राहत बितरण गर्नु भनेको अपराध हो ।

 

 

 

 

अहिले नागरिकहरुको चुल्हो बाल्न समस्या भइरहेको अवस्थामा मेयरले गरेको हर्कत लाजमर्दो छ । उनी प्रहरी नियन्त्रणमा त छन् तर उनले गरेको कर्हत लाजमर्दो छ । सबै जनप्रतिनिधिहरुको शीर भुक्ने खालको छ । यसरी जनताका प्रतिनिधिहरुले जनताकै भावनामाथि खेलवाड गर्ने हो भने कसरी जनप्रतिनिधि मान्ने ?

 

 

 

 

यो गम्भीर प्रश्न उब्जिएको छ । अहिले कलैयाको मेयर सहितका केही वडा अध्यक्षहरुले गरेको हर्कतले सबैलाई अप्ठेरो बनाएको छ । फेरि उनीहरुलाई जनताको प्रतिनिधि भन्नका लागि पनि लाज लाग्ने अवस्था सृजना हुन सक्छ । त्यसैले पनि कलैयावासी अब सचेत बन्न आवश्यक छ ।राजनीतिकको आडमा अपराध गर्नेलाई जजताले अब छाड्न हुन्न । हिसाव राखी रहनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here