निजगढ,नेपाली काग्रेश निजगढ नगर कमिटी सभापती महेशी कुवँरले निजगढमा भएको क्रियाशील सदस्यता वितरणको विषयलाई केही नेता, कार्यकर्ताहरुले अनावश्यक रुपमा विवाद सृजना गरेको बताउनुभएको छ ।

क्रियाशील सदस्यता वितरणमा अनियमिता भएको भन्दै निजगढ कांग्रेशका केही नेता कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिदै आएपछि नगर सभापती कुवँरले सदस्यता वितरणमा कुनै किसिमको अनियमितता नभएको बताउनु भएको हो । उहाँले क्रियाशील सदस्यता वितरण पार्टीको केन्द्रीय निर्देशन, विधान र पद्दतिअनुसार भएको तर कुनै अनियमितता नभएको बताउनुभएको छ । ‘नगरका १३ वटै वडा समितिबाट सिफारिस भएर आएका कार्यकर्ताहरुको नाममात्र क्रियाशील सदस्यताको लागि सिफारिस गरेर पठाइएको छ, उहाँले भन्नुभयो, तल्लो कमिटीले निर्णय गरेर पठाएको नाम नगरले हुबहु समावेश गरेर पठाउदा कसरी अनियमितता हुन्छ ।’ उहाँले प्रश्न गर्नुभयो । उहाँले इतर पक्षले आरोप लगाए जस्तो फर्जी नाममा सदस्यता सिफारिस नगरिएको पनि बताउनुभयो ।

उहाँले क्रियाशील सदस्यता विवादमा अनावश्यक रुपमा पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसेर समय र पैसा खर्च नगर्न पनि पार्टीका नेता कार्यकर्तासंग अनुरोध पनि गर्नुभएको छ । उहाँले नेपाली काग्रेशका नेता एंव निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले समयमा नै नवीकरणकोलागि समयमै आवेदन नदिएकाले नाम छुटेको बताउनुभयो । ‘जानकारी दिदादिदै पनि समयमै आवेदन दिनुु भएन, उहाँले भन्नुभयो, कुनै पुर्वाग्रह राखेर नगर प्रमुख खनालको नाम काटेको होइन ।’

एक अर्को फरक प्रसङ्गमा उहाँले आगामी नगर अधिवेशनमा अफु पुन सभापती पदमा उम्मेदवार बन्ने र कार्यकर्ताहरुले आफुलाई नै सभापतीमा चुन्ने पनि दाबी गर्नुभयो । उहाँले सभापती पदमा विजयी बनेको खण्डमा कांग्रेशलाई थप सक्रिय र संगठित बनाएर अघि बढाउने पनि बताउनुभयो । य

यसैबीच नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो । बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here