मुलतः कोरोना भाइरस संक्रमणको जोखिम उच्च छ । छिमेकी मुलुकहरूमा कोरोनाको डेल्टासँगै ओमिक्रोन भेरियन्टको संक्रमण दिनहुँ बढ्दै छ । नेपालमा पनि तीन व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । छिमेकी भारत र नेपालबीचको खुला सीमा नाकामा दिनहुँ हजारौं व्यक्ति निर्वाध ओहोरदोहोर गरिरहन्छन् । इलामको पशुपतिनगरदेखि सुदूरपश्चिमको गड्डाचौकीसम्मका नाकामा स्वास्थ्य मापदण्ड पालना भएको पाइँदैन । भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किमि लामो खुला सिमाना रहेको छ । प्रदेश ६ बाहेक सबैले भारतसँगका सीमा छोएका छन ।

विशेषगरी तराईका विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीलगायतका १० नाकामा जोखिम बढेको छ । कोरोना संक्रमणको दोस्रो लहरमा सीमा नाकामा भएको लापरबाहीकै कारण सुदूरपश्चिममा व्यापकरूपमा फैलिएको थियो । पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए । सुदूरपश्चिमसँगै भारतसँग सीमा जोडिएका अन्य नाकामा विगतबाट शिक्षा लिएको देखिँदैन । कोरोना संक्रमणको दोस्रो लहरका बेला सीमा नाकाहरू बन्द गरिएको थियो । सरकारले भारत र चीनतर्फका ३० नाकालाई कोरोनाका कारण बन्द गरेको थियो ।

बन्द नाकाहरूलाई खुलाउनुपर्ने दबाब पछि सरकारले आवागमनको आवश्यकता र आर्थिक गतिविधिलाई सुचारु गर्न सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । वीरगन्जमा सावधानी त अपनाइएको छ तर बारा जिल्लाका अन्य खुला ठाउमा सावधानी कम छ । यस्तोमा आफै सचेत र सावधानी हुन आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here