कलैया,विषालु सर्पले टोक्दा बाराको महागढीमाई नगरपालिका–१० मा एक बालकको मृत्यु भएको छ ।गोठमा सुतेका शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्मालाई सोमवार दिउसो करिब ३ बजे गोमन सर्पले टोकेको र अस्पताल पु¥याउन ढिलो भएपछि राकेशको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले बताउनुभयो ।


















