निजगढ,बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका रौतहटका एक जनाको युवकको शव मंगलवार निजगगढ नजिकैको बकैया खोला बगरमा फेला परेको छ ।रौतहट चन्द्रपुर नगरपालिका २ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव कोल्बी नगरपालिका–२ स्थित बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार माझी मकवानपुरको बकैया गाउँपालिका ६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका थिए ।

बकैया ६ जुइनास्थित ससुराली घर जान हिडेका उनलाई बकैया खोला तर्ने क्रममा गत भदौ २१ गते बाढीले बगाएको थियो । माझीको शव बरामद भएपछि निजगढबाट खटिएको प्रहरी टोलीले प्रादेशिक अस्पताल कलैया पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।निजगढ प्रहरीको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा खोला किनारमा फेला परेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताउनुभयो ।

यसअघि गत हप्ता पनि बकैया खोलाले बगाएर बेपत्ता बनेकी बकैया गाउँपालिका–६ की ३६ वर्षीया नानुमाया तितुङको शव पनि बकैया खोला बगरमा फेला परेको थियो । निजगढको लालबाट कैलेनीस्थित घर फर्कने क्रममा बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमायाको शव पनि कोल्हवी नगरपालिका–२ स्थित बकैया खोलाको बगरमा अघिल्लो सोमवार फेला परेको थियो ।

Leave a Reply