कलैया,आर्थिक अभावले उपचार गराउन असमर्थ भएपछि जिल्लाका अधिकांश दलित र विपन्न परिवारका सदस्य आँखाको ज्योति गुमाउनुपर्ने अवस्थामा पुगेका छन ।उनीहरुले रकम अभावमा स्वास्थ्य परीक्षण गराउन समेत सकेका छैन् । निःशुल्क स्वास्थ्य परीक्षण हुँदा मात्र ग्रामिण भेगका स्वस्थ्य अवस्था बाहिर आएको हो ।जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ९ पिप्राविर्तामा सोमबार वडा कार्यालय र सामुदायिक अध्ययन केन्द्रको व्यवस्थापनमा वीरगन्जका सामुदायिक आँखा अस्पताका चिकित्सकले शिविरमार्फत निःशुल्क आँखा परीक्षण गर्दा भयावह अवस्था देखिएको हो ।परीक्षण गरेका १२५ जना मध्ये ६० जनामा मोतियाबिन्दु फेला परेको छ । त्यसमा महिलाको संख्या ८० प्रतिशत छ । घरमा चुल्हो फुक्दै गर्दा अन्य घरायसी काममा धुँवाधुलोका कारण आँखाको ज्योति गुम्ने खतरा बढेको हो ।ज्येष्ठ नागरिक र बिमित रोगीलाई पनि उपचार कसरी र कहाँ गराउने भन्ने बारेमा जानकारीको अभावमा आँखाको विभिन्न रोग पालेर बस्नु परेको छ । गरिबी र बेरोजगारीले परीक्षण गरिएका मध्ये करिब ५ प्रतिशत बाहेक अधिकांशमा नजिकको दुरीमा नदेख्ने, आँखाबाट पानी बग्ने, रातो हुने अनि दुखाइको समस्या देखिएको छ । केहीलाई रोगबारे थाहा भएपनि रकम अभावमा उपचार गराउन सकिरहेको छैन्न ।परीक्षण पश्चात् आँखाको शल्यक्रिया गराउनु पर्ने चिकित्सकले बताएपछि पनि रोग पालेर बस्नुको विकल्प नरहेको महागढीमाई नगरपालिका ९ की मुरतिया देबीले दुखेसो पोख्नुभयो ।
शिवीर आयोजकले बिरामीको लागि चश्मा, लेन्स, डाक्टरको शुल्क, अस्ताल भर्ना शुल्क, बेडलगायतको निशुल्क सुविधा र एकतर्फी यातायातको लागि अस्पतालले गाडीको व्यवस्था पनि गरेको छ । तर, ल्याब परीक्षण बापतको २ हजार ५ सय रुपैयाँ र औषधिको ५ सय रुपैयाँ गरी तीन हजार रुपैयाँ लाग्ने सुनेपछि आँखाको उपचार गराउन नसकेको अर्का स्थानीय छठु दासले सुनाउँनुभयो ।यस्तै सोही वडाको उत्तरटोल पिप्राविर्ताकी एकल महिला भगरतिया देबीले आर्थिक अवस्था कमजोर रहेको कारण आँखाको उपचार गर्न नसकेर अन्धो भएर बाच्नु परेको सुनाउनुभयो । साथै एक वर्षअघि उहाँकै टोलका मानिस एजेन्ट भई बिमा कार्ड बनाउन सम्पुर्ण काजात लिएर पनि व्यक्तिगत रिसिबीमा बिमा नगरिदिएपछि बिमाबाट हुने उपचारबाट वञ्चित हुनुपरेको पनि उहाँले बताउनुभयो ।त्यसैगरी अर्का स्थानीय जयकरण दासले समयमै उपचार गराउन नसक्दा एउटा आँखा गुमाउनु परेको पीडा पोख्नुभयो । आँखाको तत्कालै अप्रेशन गराउनुपर्ने महिला गाउँमा धेरै छन ।यो वडाको आँखा परीक्षणको कुरा एउटा नमुना समस्या मात्रै हो । यहाँ करिब १०÷१२ हजार मानिसको बसोबास छ । यसरी दलित गरिब परिवार थोरैको मात्र आँखा राम्रो हुनसक्ने अनुमान गर्न सकिन्छ ।यसरी हेर्दा गाउँमा समयमा उपचार हुन नसके आधा जति मानिस आँखाको ज्योति गुम्ने खतराको जोखिममा छन । बस्तिमा पोषणयुक्त खानपानको कमी छ । यसबाट पनि आँखाको समस्या थप बढने देखिन्छ । एक दुई जनामात्रै नभई सिंगै गाउँ नै मोतियाविन्दुको चेटामा छ ।यो केवल आँखाको समस्याको कुरामात्रै होइन, यसबाट यहाँका मानिसहरुको समग्र स्वास्थ्य अवस्थाको आंकलन गर्न मद्दत मिल्छ । स्थानीय सरकारले जनताको स्वास्थ्यप्रति चासो लिएको देखिदैन ।

Leave a Reply