आर.के. चौधरी
सखुवाप्रसौनी , मंसिर २३ । सखुवाप्रसौनी गाउँपालिका–२ मा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रम ०८२/०८/२३ गते सम्पन्न गरिएको हो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष चिरञ्जीवी महतो थारुले गर्नुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, जनप्रतिनिधि सदस्यहरू श्रीकान्ती देवी चौधरी, झपसी पसवान, छोटेलाल पसवान, स्वास्थ्य चौकी प्रमुख प्रभात साह, वडा सचिव बिरेन्द्र दहित थारु, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रशिक्षक किरण गिरीले मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, सुरक्षित र सहयोगी समाज निर्माणका तरिका तथा आत्महत्या रोकथामका उपायहरूबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभयो ।
उहाँका अनुसार, “समुदायभित्र खुला संवाद र समयमै सहयोग नै आत्महत्या रोकथामको प्रभावकारी माध्यम हो ।” त्यसैगरी, वडा अध्यक्ष चिरञ्जीवी महतो थारुले मानसिक स्वास्थ्यलाई जीवनको आधार स्तम्भ भन्दै सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्य सबैका लागि महत्वपूर्ण छ । हाम्रा वरिपरिका व्यक्तिको भावनात्मक अवस्थाप्रति संवेदनशील भई आवश्यक सहयोग गर्नु आजको ठूलो आवश्यकता हो । ”


















