अहिले नेपालका विशेषगरी शीर्ष नेताहरुले बारम्बार के भन्दैआएको सुनिन्छ भने नेपालमा छिमेकी देश बंगलादेशमा भएको जस्तो हुने अवस्था छैन । शनिवार काठमाडौंमा आययोजित एक कार्यक्रममा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले जे भएपनि नेपालमा बंगलादेशमा जस्तो हुदैन भन्नुभएको छ । सत्तारुढ दलनका अन्य शीर्ष नेताहरुको अभिव्यक्ति पनि बारम्बार त्यस्तै सुनिने गरेको छ ।

नेताहरुको यो भनाई नेपालमा त्यस्तो अवस्था आउदैन भन्ने विश्वासले भन्दा पनि आउला कि भन्ने भयले आउने गरेको हो ।
बंगलादेशमा हालै त्यहाँको एकछत्र राजी गरेकी प्रधानमन्त्री शेख हसिनाले देशै छाडेर जान परेपछि अहिले दक्षिण एसियामा नै यो विषयमा अलि बढी बहस पनि भइरहेको छ । भारतमा त्यसो नहोला तर नेपालको सवालमा भने भन्न सकिने अवस्था छैन ।

किनभने यसको छनक नेपालमा बेला बेलामा देखिदै आएको छ । नेपालका राजनीतिक दलका नेताहरुले बेलैमा ध्यान नदिने हो र युवा वर्गमा देखिएको असंतुष्टि र आक्रोशको समय नै समाधान गर्न नसक्ने हो भने बंगलादेशको जस्तो घटना नेपालमा नहोला भन्न सकिन्न । यसका लागि कुनै आइतवार पनि कुर्नैै पर्दैन । एउटा कुनै विषय आयो भने यो देशमा हिंसा भड्कने जोखिम पनि उत्तिकै छ ।त्यसैले पनि नेपालका शासकहरुलाई बंगलादेशमा जस्तो केही हुदैन भनेर मनलाग्दी चैं गर्ने छुट छैन । यिनीहरुले मनलाग्दीको केही अभ्यास चैं गरिरहेका छन् । आफ्ना विरोधीहरुलाई दबाउने, सकेसम्म बोल्न नदिने, ठाउँमा पुग्न नदिने सोच उनीहरुमा देखिन्छ । त्यसैले बेलैमा राजनीतिक नेतृत्वहरुले ख्याल नगर्ने हो भने बंगलादेश हुन आइतवार कुर्नै पर्दैन ।

Leave a Reply