वन सबैको साझा सम्पत्ति हो । हरियो वन नेपालको धन नै भन्ने गरिन्छ ।नेपालमा प्रशस्त वन जंगल भएकाले पनि यो नारा तय गरिएको हो । यद्यपि पछिल्लो समय यो नारा पनि हराउदै छ र वन पनि मासिदै छ ।वन सबैको साझा सम्पत्ति हो र यसले मानिसको मात्रै होइन हरेक सजिव प्राणीका लागि प्राण वायुको काम गरिरहेको भएपनि यसको विनासमा मानिस लागि रहेको देखिन्छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको देश भएपछि त झन् वनको संरक्षण हुन आवश्यक थियो र छ पनि ।

वन जोगाउनका लागि संघीयसहित प्रदेश र स्थानीय सरकारहरुले नीति बनाउन आवश्यक छ । केही साझा नीति र केही आफ्ना अनुकुलको नीति बनाउदा पनि हुन्छ तर यहाँ त संघीय र प्रदेश सरकारबीचको टकराव अनि स्पष्ट नीति नभएका कारण समस्या सृजना भएको पाइएको छ । संघ होस् वा प्रदेश जो भएपनि वन पैदावरको संरक्षणका लागि नीति बन्नुपर्छ स्वार्थका लागि होइन । तर, स्वार्थका लागि नीति बनाउने हो भने त विवाद हुन्छ र यो समस्या समाधान हुने कुरै भएन ।
विश्वमा कयौं देशहरु छन्, जहाँ बिरुवा र माटो नै नभए पनि उनीहरुले बाहिरबाट ल्याएर भएपनि यसको संरक्षणका लागि कयौं योजना बनाएका छन । र वन जोगाएर मरभूमिलाई पनि हराभरा पनि बनाएको पाइन्छ । हामी प्राकृतिक रुपमा धनी भएपनि यसको संरक्षणका लागि समेत नीति बनाउन हानथाप गर्ने हो भने कसरी वन संरक्षण होला र खोइ ?

Leave a Reply