सिमरा,सर्पको टोकाइबाट बाराको डुमरवानामा एकजना बालकको मृत्यु भएको छ । बाग्लुङ्ग जिल्ला घर भई हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टास्थित मामा घरमा बस्दै आएका ३ वर्षीय सुजित कडेलको सर्पको टोकाइबाट मृत्यु भएको हो । घरमा खेलिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारको क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । उपचारको लागि नारायणी अस्पताल वीरगन्ज लागिएकोमा उपचारको क्रममा मंगलवार राति बालकको मृत्यु भएको प्रवक्ता मिश्रले बताउनुभयो ।