पुष्पराज खतिवडा
बारा,आफ्नी श्रीमतीको १३औं पूण्यतीथिको दिनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ डकाह निवासी गगनबहादुर आले मगरले स्थानीय ३ वटा विद्यालयलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।पत्नी वियोगमा पर्नुभएका मगरले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बालबालिका आधारभूत विद्यालय लामिडाँडा र वडा नम्बर १६ को डकाहमा रहेको मौवादेवी माध्यमिक विद्यालयलाई बिहीवार २४ हजार मूल्य बराबरको १ हजार ५ सय थान शैक्षिक सामग्री विद्यालयमै पुगेर सहयोग गर्नुभएको हो । मगरले विद्यालयमै पुगेर कापी, कलम र पेन्सील जस्ता विद्यार्थीले प्रयोग गर्ने शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।आलेले प्रदान गर्नुभएको शैक्षिक सामग्री विद्यालयमा अध्यायनरत बालबालिकालाई आवश्यकता अनुसार वितरण गरिने बालबालिका आधारभूत विद्यालयका प्रधानाध्यापक जीवन खतिवडाले बताउनुभयो ।मगरकी पत्नी टंकमायाको गत भाद्र २ गतेका दिन ७२ वर्षको उमेरमा आफ्नै निवास डकाहमा निधन भएको थियो । उहाँ लामो समयदेखि घाँटी सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

Leave a Reply