जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा एकै दिन दुई वटा योजनाको शिलान्यास गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ की वडा सदस्य सीता उप्रेतीले बिहिवार नाला निर्माण र सडक ढलानको शिलान्याश गर्नुभएको हो । वडा नम्बर ७ जीतपुरको शान्ति टोलमा १० लाखको लागतमा निर्माण हुन लागेको सडक ढलान र एमाले टोलमा १० लाखको लागतमा निर्माण हुन लागेको नालाको बिहिवार विधिवत रुपमा शिलान्याश गरिएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुनिलकुमार गुप्ताले नाला निर्माणसंगै सडक निर्माण कार्यले गाउँको भौतिक स्वरुप नै परिवर्तन हुने बताउदै आफुले जनताको सेवासंगै विकास निर्माण कार्यलाई मुख्य प्रथामिकता दिएर काम गर्दैआएको बताउनुभयो । उहाँले आफ्नो वडामा रहेका गाउँटोलका नाला तथा सडक निर्माणहरुलाई विकास कार्यको प्राथमिकतामा राखेर अगाडि बढको उहाँको भनाई थियो ।
















