निजगढ,चौतारा युवा क्लव र निजगढ नगरपालिका वडा नम्बर ७ वडा कार्यलयको संयुक्त आयोजनामा भइरहेको तेस्रो निजगढ नगरस्तरीय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा निजगढ भेट्रान्स फुटबल क्लबले निजगढ ६ को नमोबुद्धलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।जितसंगै निजगढ भेट्रान्सले प्रतियोगिताको अन्तिम दुईमा स्थान बनाएको छ ।खेलको ९औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै निजगढ भेट्रान्सका गोकुल खत्रीले टोलीलाई अग्रता दिलाए ।वान भर्सेस वानको अवस्थामा खेलको ३३औं मिनेटमा अजय लामाले निजगढ भेट्रान्सको लागि निर्णायक गोल गरे । खेलको २०औं मिनेटको ईन्जुरी समयमा नमोबुद्धको तर्फबाट नरे लामाले १ गोल फर्काए पनि हार टार्न भने पर्याप्त भएन । नमोबुद्धले आपसी तालमेल मिलाउन नसक्दा पाएका सुन्दर अवसर खेर फाल्नुपरेको थियो ।
खेलको म्यान अफ दि म्याच बन्न सफल निजगढ भेट्रान्स क्लबका निर्दिप जोशीलाई समाजसेवी विभामाया पुलामीले ट्रफी प्रदान गर्नुभएको थियो ।फाईनल खेल शनिवार चौतारा युवा क्लक ‘ए’ र निजगढ भेट्रान्स क्लबबीच दिउँसो २ बजे नेत्रोदय खेल मैदानमा हुनेछ

















