पुष्पराज खतिवडा

मनहर्वा,कम्युनिष्ट पार्टीहरुको अवसरवादी एकताले देशमा जोखिम निम्त्याएको नेपालीका काँग्रेसका नवर्निवाचित सहमहामन्त्री फरमुल्हा मन्सुरले बताउनुभएको छ ।

महामन्त्री मन्सुरको सम्मानमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा कार्यकताले आयोजना गरेका कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘एमाले र माओवादीको एकता देश बनाउन थिएन, हामीले पहिलेनै भनेका थियौं । अहिले त्यो कुरा वास्तविक सवित भयो ।’

अवसरवादी र स्वार्थी एकताले निम्त्याएको जोखिम समाधानको जिम्मा काँग्रेसको काँधमा आएको उहाँले बताउनुभयो । नेपाली काँग्रेशको हालै सम्पन्न महाधिवेशनबाबट सहमहामन्त्रीमा निर्वाचित बनेपछि मन्सुर पहिलो पटक गृहजिल्ला बारामा आउनु भएको हो ।

काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र कमजोर भएको भन्दै मन्सुरले आगामी निर्वाचनबाट तिनै तहको सरकारको जिम्मा कांग्रेशले लिनुपर्ने बताउनुभयो । ‘एमाले र माओवादीहरु काँग्रेससँग एक्लाएक्लै भिड्ने क्षमतामा आज पनि छैनन, उहाँले भन्नुभयो, उनीहरु बीचको कलहले लोकतन्त्रलाई धरापमा पार्ने प्रयास भएको थियो ।’ काँग्रेसका सभापती देउवाले उचित समयमा उचित निर्णय लिएकै कारण थप संकटबाट देशलाई जोगाउन सकिएको मन्सुरको भनाइ थियो ।

‘करिब ३५ लाख लोकप्रिय मत पाएको नेपाली काँग्रेसले हारेको नभइ दुई कम्युनिष्ट घटकको एकताले प्राविधिक रुपमा कमजोर मात्रै भएको उहाँको भनाइ छ । आगामी निर्वानपछि जनअपेक्षा मुताविक समृद्ध नेपाल निर्माणको अगुवाइ काँग्रेसले गर्ने ठोकुवा गर्दै पूर्वमन्त्री समेत रहेका मंसुरले जनलहर निर्माणमा जुट्न कार्यकर्तासंग आग्रह गर्नुभयो ।

अपराहन्न हेलिकप्टरमार्फत जिल्ला आइपुग्नु भएका मन्सुर जिल्लाको अम्लेखगजंमा ओर्लिएर कार्यकर्ता भेटघाट सुरु गर्नुभएको थियो । सोही क्रममा मन्सुरलाई अमलेखगंज, सिमरा, बडहर्वा र सदरमुकाम कलैयामाा नेपाली काँग्रेसका कार्यकताले स्वागत गरेका थिए ।

मन्सुर नेपाली काँग्रेसका सभापती देउवा निकट नेता हुनुहुन्छ । मन्सुरले यसअघि नेपाली कांग्रेशमा स्वर्गीय नेता एवं पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको निकट रहेर राजनीति गर्नुभएको थियो । कोइरालाको मृत्युपछि शक्तिमा आउनुभएका देउवासंग निकट सम्बन्ध बनाएर मन्सुरले पटकपटके महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । काँग्रेसभित्र शालीन नेताका रुपमा परिचित नेता मन्सुरले यसपटको काँग्रेस महाधिवेशनबाट मुस्लिम कोटामा २ हजार ७ सय ७६ मत प्राप्त गरी सहमहामन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply