सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले र वडा अध्यक्षहरुबीच बिहीवार भनाभन र हातहालाहालको अवस्था उत्पन्न भएको छ ।वडा अध्यक्षहरुलाई जानकारी नै नदिइ प्रशासकीय अधिकृत काफ्ले कार्यालयका कर्मचारीहरुको फाँट सरुवा र जिम्मेवारी हेरफेर गरेपछि गुनासो गर्न पुगेका वडा अध्यक्षहरुलाई गैह्जिम्मेवार जवाफ दिएपछि विवाद शुरु भएको थियो ।

वडा नम्बर १५ की वडा अध्यक्ष चयन गुरुङ्गले जनप्रतिनिधिहरुसंगको समन्वयमा जिम्मेवार भएर कार्यालयको काम गर्न अन्यथा सरुवा भएर जान भनेपछि अधिकृत काफ्लेले जवाफमा वडा अध्यक्ष गुरुङ्गलाई नै सुरुवा हुनु भनेपछि वडा अध्यक्षहरु आक्रोशित बनेका थिए ।वडा अध्यक्षहरुसंग झण्डै ६ घण्टा अधिकृत काफ्लेले कार्यकक्षमै गलफत्ति गर्नुभएको थियो । सुरक्षाकर्मीको सहयोगमा उहाँ कार्यकक्षबाट बाहिरिनुभएको थियो । काफ्लेले उपमहानगरपालिका कार्यालयका कर्मचारीहरुको मनलाग्दी तरिकाले सरुवा गरेको भन्दै वडा अध्यक्षहरुले विरोध गर्दैआएका छन ।

वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले प्रमुख प्रशासकीय अधिकृत काफ्लेले नगर प्रमुख राजन पौडेलेको इशारामा एकलौटी ढङ्गले काम गर्दैआएकोले समस्या उत्पन्न भएको बताउनुभएको छ । राजनीतिक प्रतिशोध साध्न प्रशासकीय अधिकृतले कसैको इसारामा काम गरेको उहाँले आरोप लगाउनुभयो ।जीतपुरसिमरा उपमहानगरपालिकामा गत असर महिनामा भएको नगरसभादेखि नै एमाले र कांग्रेसका वडा अध्यक्षहरु प्रमुख प्रशासकीय काफ्लेलेसंग रुष्ट बनेका छन । नियमसँगत नगर सभा नगरेको भन्दै उपप्रमुख भोला अधिकारीसहितका कार्यपालिका अधिकांश सदस्यहरुले विरोध गरेपनि प्रमुख प्रशासकीय अधिकृत काफ्लेसंगले नगर प्रमुख राजन पौडेलसंग मिलेर २५ प्रतिशत नगर सभा सदस्यको समर्थनमा चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पास भएको घोषणा गरेपछि उपमहानगरपालिकामा विवाद चुलिएको हो ।सोही विवादपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काफ्लेलेको मन्त्रालयमा सरुवा गरेको थियो । तर अधिकृत काफ्लेको मागअनुसार अदालतले निषेधाज्ञा जारी गरेपछि हाल सरुवा रोकिएको छ ।

Leave a Reply