बरियारपुर,बारा प्रहरीले बहुबिवाह मुद्दाका फरार अभियुक्तलाई करैयामाई गाउँपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको छ । बारा जिल्ला अदालतको २०७२ साल बैशाख ३ गतेको फैसला आदेशले एक वर्ष कैद र १० हजार नगद जरिवाना ठहर भई फरार रहेका करैयामाई गाउँपालिका वडा नम्बर ३ निवासी दिनेशप्रसाद केशरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । महागढीमाई नगरपालिका १० स्थित प्रहरी चौकी गंजभवानीपुरको टोलीले केशरीलाई पक्राउ गरेको थियो । पक्राउ परेको केशरीलाई जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानीको लागि वीरगन्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।