कलैया,कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेसंग जनमुखी सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।कलैया उपमहानगरपालिकाद्वारा आइतवार प्रहरी उपरीक्षक काफ्लेको स्वागतमा आयोजित कार्यक्रममा नगरप्रमुख साहले उक्त कुरा सुझाउनु भएको हो ।जनताको समस्याहरुको समाधान गर्ने तथा शान्ति सुरक्षाको प्रत्यभुति गर्ने जिम्मा नेपाल प्रहरीको रहेकोले सोही अनुसार जनमुखी भएर काम गर्न नगरप्रमुख साहले आग्रह गर्नुभएको हो । नगरप्रमुख साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपमहानगरपालिकाका वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरुले प्रहरी उपरीक्षक काफ्लेको स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक काफ्लेले जिल्लाको समस्याहरुको समाधान तथा नागरिकको शान्ति सुुरक्षाको चाहना पुरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो । उहाँले प्रहरीले सेवा प्रदान गर्दा जनप्रतिनिधिहरुको सुझाव तथा समन्वयमा अगाडि बढ्ने पनि बताउनुभयो ।कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडाध्यक्षहरु धर्मेन्द्र यादव, अशोक तिवारी, कार्यपालिका सदस्य उदित गुप्ता लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply