सिमरा,बारा प्रहरीले प्रतिबन्धित लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय सिमरा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा चौकमा हिडिरहेको अवस्थामा शंकास्पद व्यक्तिहरूलाई जाँच गर्दा प्रतिबन्धित लागु औषधसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय विजय जैसवाल र पर्साकै छिपहरमाई गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय मेघनाथ महतो रहेका छन ्।प्रहरीको अनुसार उनीहरूले पिठ्युँमा बोकेको कालो झोलामा लुकाएर राखेको प्रतिबन्धित लागु औषध भेटिएको छ । प्रहरीले उनीहरूको साथबाट २०० पिस फेनारगन, २०० पिस लुफिन, र २०० पिस डाईजोपान बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

















