सिमरा,उपचारका लागि सिमराबाट हवाई मार्ग हुँदै काठमाडौं जाँदै गरेकी एक महिलाको मंगलवार साँझ विमानमै मृत्यु भएको छ । सिमरा विमानस्थलबाट बुद्ध एयरको जहाज चढेर काठमाडौं जाँदै गरेकी महिलाको विमानमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा रौतहट फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ की ३९ वर्षीया राजुकुमारी चौधरी रहेकी छिन् । वीरगञ्जस्थित अस्पतालबाट थप उपचारका लागि उनलाई पती जंगबहादुर चौधरीले बुद्ध एयरको विमानबाट काठमाडौं लैजादै गर्नुभएको थियो ।

वीरगञ्जको अस्पतालले रिफर गरेको कागजसहित उनीहरु सिमरा विमानस्थल आएका थिए । बुद्ध एयर सिमराका कर्मचारीले आवश्यक प्रक्रिया पूरा गरी चौधरीलाई विमानमा पठाएका हुन । जहाज चढ्नुअघि महिला होसमै रहेको र विमानमा चढ्नुअघि दम्पतिले विमानस्थलमा फोटो समेत खिचाएका थिए ।तर काठमाडौं अवतरण गर्ने क्रममा चौधरी अचेत भएको बताइएको छ । उनलाई अवतरणलगत्तै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अहिले काठमाडौंमै छ ।

Leave a Reply