जियालाल चाैधरी
कोल्हवी – बाराकाे कोल्हवी नगरपालिकामा एककाे मृत्यु भएकाे शव शंकास्पदक रुपमा भेटीएकाे छ । काेल्हवी नगरपालिकाकाे वडा नम्बर ११ बेलवा सेर्ही टोल बस्ने करिब ४५ बर्षको वाजिल राय भाट्टको शव रहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।
कट्टी बजार देखि बेलवा आउने रेवाही नदिको पाँच सय मिटर तल पुलको मुनि मृत्यु भइ लास बरामद भएको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्ष गाैतम मिश्रले बताए । घटनाकाे प्रकृति हेर्दा मृतकको शरीर माथी निजकै ना ५५ प ४६७८ नम्बरको अपाची मोटरसाइकलले च्यापिएको थियो । साथै मृतकको लास निकाली हेर्दा दुबै हाथको नाडी सुतरी र हरियो गहुँको झारले बाधेको अवस्थामा भेटिएकोले मारेरै फालिएकाे हुनसक्ने प्रहरीले जनाए ।
शव पोस्टमार्टमको लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले सुनाए । पोस्टमार्टमको रिपाेर्ट आउनासाथ थप कुराहरु खुल्ने प्रहरीले दावी गरे । घटनाको प्रकृति हेर्दा संकास्पद तरिकाले योजनाबद्ध हत्या गरिएको र यसबारे थप अनुसन्धान गर्ने जिल्ला प्रहरी बाराका नायब उपरीक्षक तथा प्रबक्ताले जानकारी दिए ।