करिब एक वर्षअगाडि आफ्नो चार वर्षको कार्यकाल सकाएर नेपाल बिधुत प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारीबाट कुलमान घिमिङ्ग बिदा भएका थिए । नागरिक माझ उनी निकै लोकप्रिय पनि छन् । यसो हुनुको कारण भने उनले नेपालमा त्यतिबेला रहेको लामो लोड सेडिंग अन्त्य गर्नु नै हो । बिधुत चुहावटलाई कुलमानले आफ्नो कार्यकालमा लगभग निर्मुल नै पारेका छन् । यो अर्थमा पनि उनी लोकप्रिय बनेका हुन ।
बिधुत प्राधिकरणमा पनि भ्र्रष्टचार हुदो रहेछ भन्ने कुराको जानकारी नै कुलमानले नेपाली नागरिकहरुलाई गराए । उनले आफू भ्रष्टचारमा पर्ने काम गरेनन् । कमिसनको लालचमा नफसी काम गरे त्यसैले पनि उनले हात हालेको काम सफल भएको हो र उनी जनता माझ लोकप्रिय पनि बनेका हुन् ।
तर, अब संधै बिधुतको समस्या समाधानका लागि कुलमान नै आवश्यक पर्ने हो त यो यक्ष प्रश्न पनि संगसंगै उब्जिएको छ । सरकारले फेरि चार वर्षका लागि उनलाई नियुक्त गरेको छ यो ठीकै पनि छ । अघिल्लो सरकारका केपी ओलीले उनलाई नचाहेको भएपनि अहिलेकाले चाहे तर उनी मात्रै होइन अब कुलमान अरु पनि जन्माउन आवश्यक छ । कुलमान प्रवृत्ति र पात्र दुबै देशका लागि आवश्यक छन् ।