हेटौंडा-  मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको आयोजनामा मंगलबार हेटौंडा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।  कार्यक्रममा आफ्ना धारणा राख्दै समूहकी केन्द्रीय सदस्य बिमला पराजुलीले समाजमा एकल महिलाहरुको अवस्थामा सुधार आउन नसकेको भन्दै चिन्ता जनाउनुभयो ।

 

उहाँले कुनै न कुनै हिसावले एकल महिलाहरुमाथि लान्छना लगाउनेक्रम पनि नरोकिएको बताउनुभयो । उहाँले अहिले तीन तहको सरकार भएपनि एकल महिलाहरुको त्यसको अनुभूति गर्न नपाएको उल्लेख गर्नुभयो । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीका पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य समूहकी कोषाध्यक्ष निर्मला पौडेलले राख्नु भएको थियो ।

 

कार्यक्रममा समूहकी सल्लाहकार निलम देवकोटा,बिमला थापा सहित सरला बानियाँ,गौरी राइ लगायतले आफ्ना कुरा राख्नु भएको थियो । कार्यक्रम समूहकी सचिव शारदा चौलागाईंको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply