हुन त नेपालको राजनीतिका एकाध बाहेक अधिकांश नेताले नेतृत्वमा पुगेपछि हालीमुहाली गरिरहेका छन् । यो कुरा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका सभापती शेरबहादुर देउवा अनि माओवादीका अध्यक्ष प्रचण्डमा पनि लागूहुन्छ नै । माओवादीमा त झन् यो समस्या विकराल नै छ ।माओवादीका अध्यक्ष प्रचण्ड करिब तीन दशकदेखि लगातार अध्यक्ष पदमा रहेको अवस्था छ । पार्टीका नेताहरुमा पुस्ता हस्तान्तरणको व्यापक समस्या छ । नेताहरुले दोश्रो तहका आफ्नै नेताहरुलाई विश्वास नगरेका कारण पनि यो समस्या देखिएको हो ।

अहिले प्रतिपक्षमा पुगेको माओवादीभित्र कम्तीमा एकजनाले भएपनि नेतृत्व हस्तान्तरणको विषयमा बोलेको देखिन्छ । माओवादी विद्रोहबाट जन्मिएको पार्टी भएपनि अब उसको भविष्य त्यत्ति राम्रो छैन । अन्य दलसंग कतै पनि गठबन्धन नगर्ने हो भने आगामी चुनावमा माओवादीका एकदमै थोरै नेताले मात्र चुनाव जित्नसक्ने अवस्था छ । त्यसमा पर्ने जनार्दन शर्मा पनि एक जना होलान् भन्ने अनुमान गरिन्छ तर जे भएपनि प्रचण्डकोभन्दा शर्माको अहिलेका लागि जनाधार राम्रो देखिन्छ ।
साच्चै माओवादी बनाउने हो भने प्रचण्डले बिश्राम लिनुको विकल्प छैन । जनार्दन शर्माहरु पनि होइन अब तेश्रो तहका नेताहरुले माओवादीमा हस्तक्षेप गरेको खण्डमा मात्रै पार्टी बन्न पनि सक्ला र केही नयाँ कुरा जनतामा पनि जाला र प्रचण्डको एकाधिकार पनि तोडिएला अब प्रचण्डले गरे जस्तो हिजोको राँग अलापेर अनि कहिले कुनै पार्टीमा त कहिले कुनै पार्टीमा टाँसिएर भने पार्टी बन्दैन । माओवादीलाई साच्चै आफ्नै खुट्टामा उभिएर राजनीति गर्न सक्षम तुल्याउने हो भने पार्टीको नीति र नेतृत्वमा व्यापक परिवर्तन जरुरी छ । प्रचण्डको हनुमानकारिता गाउने बाहेक सबैले यो तथ्यलाई मनन गरेका छन र जनर्दनको लाइनलाई ठीक पनि मानेका छन् ।

Leave a Reply