कलैया,महागढीमाई नगरपालिकाका वडा नम्बर २ मा १५ शैयाको नगर अस्पतालको शिलान्यास गरिएको छ ।नगरप्रमुख उपेन्द्र यादवले आपतकालीन नगर अस्पतालको सोमवार एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले अस्पताल संचालनमा आएपछि नगरका सर्वसधारणहरुलाई उपचारको लागि वीरगञ्ज, भरतपुर, काठमाडौं र भारतका विभिन्न शहरहरुमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।एमडी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गरिने बताइएको सो अस्पताल संचालनमा आएपछि आपत्कालीन कक्षसहित उच्चस्तरीय उपचार पद्धति, ल्याब सेवा, एक्सरे, भिडियो एक्सरे सुविधा समेत उपलब्ध हुने बताइएको छ ।अस्पताल निर्माण भएर संचालनमा आएपछि महागढीमाई नगरपालिका बाहेक छिमेकमा रहेका बारागढी, आर्दश कोतवाल, देवताल र पचरौता नगरपालिकाका लगायतका सर्वसाधारणले आकस्मिक सेवा लिनसक्ने नगर प्रमुख यादवले बताउनुभयो ।१५ करोडको लगानीमा निर्माण हुन लागेको सो अस्पताल निर्माणको लागि टेण्डर अहवान भई सत्यसेवा सेवा जेभी निर्माण कम्पनीले ठेक्का स्वीकृत समेत गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले जानकारी गराउनुभयो ।

Leave a Reply