बाराको सिमरास्थित ब्राइटर एकेडेमी सिमरामा अध्ययनरत छात्र राहुल यादवले एसईई परीक्षामा ४ जीपिए प्राप्त गरेका छन् ।बिहीवार सार्वजनिक भएको नतिजा अनुसार छात्र यादव बारा जिल्लाबाट उत्कृष्ट अंकसहित उतिर्ण भएका हुन् ।
सामुदायिक विद्यालयतर्फ भने श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाका छात्र महेशकुमार गुप्ताले ३.९१ जिपिए ल्याएर उत्कृष्ट भएका छन् । त्यसैगरी छात्रातर्फ निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माविकी विद्यार्थी प्राञ्जाली कुँवर बारा जिल्लामा उत्कृष्ट अंकसहित उतिर्ण भएकी छिन । कुँवरले ३.९ जिपिएसहित एसईई परीक्षा उर्तिण गरेकी छिन ।
शिक्षा विकास तथा समन्वय इकाई बाराले दिएको जानकारी अनुसार जिल्लामा साधारण नियमिततर्फ ३.०१ देखि ३.९६ ग्रेडमा एक हजार चार सय एक जना सफल भएका छन् । २.१० देखि ३ मा १ हजार दुई सय ४५, ६ हजार ९६ जना विद्यार्थीहरु ननग्रेड ल्याएका छन् । त्यस्तै प्राविधिकतर्फ ३.०१ देखि ३.७३ ग्रेडमा ६३ जना सफल भएका छन् । २.५७ देखि ३ सम्ममा ५६ जना सफल भएका हुन् । दुई सय ९५ विद्यार्थीले ननग्रेड ल्याएका छन् ।

उक्त नतिजामा साधारणतर्फ ३०.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ६९.७२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । त्यस्तै प्राविधिक धारतर्फ २८.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ७१.२५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन् । बाराबाट एसईईमा साधारण नियमित तर्फ कुल ८ हजार ७ सय ४३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । प्राविधिक तर्फ ४ सय १४ जना विद्यार्थीहरु परक्षिामा सहभागी भएका हुन् ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ । शुक्रवार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो ।परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन ्। तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार लेटेर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट वञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निर्णय मन्त्रालयले गरेको हो ।यस वर्षको एसइईको नतिजाअनुसार एक लाख २६ हजार ४७९ विद्यार्थीको दुईभन्दा बढी विषय लागेको छ । यी विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने मन्त्रालयले निर्णय गरेको हो ।

Leave a Reply