कलैया,नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव धु्रव यादवलाई प्रहरीले कुटपिट गरेको विरोधमा कलैया हुदैआएको आन्दोलन सहमतिपछि बुधवारबाट फिर्ता भएकोछ ।जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको पहलमा आन्दोलनकारीहरु र प्रहरीबीचको भएको छलफलमा ४ बुँदे सहमति भएपछि बुधवारबाट आन्दोलन रोकिएको हो ।सहमति अनुसार घटनामा दोषि देखिएका डिएसी पुरुषोत्तम पाण्डेय र प्रहरी निरीक्षक रुपेश साहले पीडित पक्षसंग माफी माग्ने, दुबै प्रहरीलाई दुई वर्षसम्म गणमा खटाउने गरी मुख्य भुमिकामा नराख्ने, घाइतेको उपचार गृह मन्त्रालयले गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने गरी चार बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभएको छ ।यस अघि सर्वदलीय संयुुक्त आन्दोलन समितिले बुधवार सदरमुकाम कलैया बन्द आह्वान गरेको थियो । बन्दको क्रममा प्रहरीसंगको झडपमा करीव एक दर्जन प्रदर्शनकारी र ४ प्रहरी घाइते भएका थिए ।कलैया सदरमुकाम बन्दमा पुगेको प्रहरीलाई आन्दोलनकारीहरुले नारा जुलुश गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । लाठी चार्जबाट नेपाली कांग्रेस जिल्ला उपसभापती मनोज भट्ट, समाजवादीका जिल्ला उपसचिव धु्रव यादब, अजय टेमानी, पत्रकार अजय साह, उमेश ्रसाद कलबार, शिवमंगल साह, ईन्द्रजित यादव, हरिओम गुप्ता, लहबर गिरीसहित एक दर्जन प्रदर्शनकारी घाईते भएका हुन । प्रहरीतर्फ प्रहरी निरीक्षक सुरेन्द्र यादव, भिम ओली र अन्य दुई घाईते भएका छन ।रिपोटिङ्गको लागि फोटो खिच्ने क्रममा भएको भिडन्तमा प्रहरीको लाठीचार्जबाट खुट्टामा चोट लागेको पत्रकार अजय साहले बताउनुभएको छ ।कुटपिटको विरोधमा विगत एक सातादेखि आन्दोलित नेपाली कांग्रेस र समाजवादीका कार्यकर्ताहरुले बुधवार दिउसो २ बजेसम्म कलैया बजार बन्द गराएका हुन ।सवारी दुर्घटनाको विषयमा दुवै पक्षबीच छलफल चलिरहेको बेला प्रहरी निरीक्षक रुपेश साहले राजनीतिक दलका जिल्लास्थित नेताहरुलाई गाली गरेपछि भएका विवादमा यादवमाथि कुटपिट भएको हो ।प्रहरीको कुटाईबाट आँखा, कान ठाउको, पिठियुलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेका यादवको वीरगञ्ज स्थत स्मृति अस्पतालबाट हाल दिल्लीमा उपचार गराई रहेका छन ।

Leave a Reply