हुनत नागरिकको घरभित्र हुने कयौंघटनाको जानकारी सरकार नहुन पनि सक्छ । सबै घटनाको दोषी सरकार पनि हुदैन । सरकारले पनि कतिपय कुरा थाहा पाएन भने उसले कसरी कारबाही गर्ने र ?यो पनि प्रश्न उठ्ने गर्दछ । त्यसैले पनि जसरी सरकारलाई हामीले औंला उठाउने गर्दछौं त्यसरी नै सबै नागरिकहरु पनि सचेत हुन आवश्यक छ । नागरिकहरु आफ्नो ठाउँमा सचेत नहुने अनि सरकारले केही गरेन भनेर पनि हुदैन ।

बाराको सिम्रौनगढमा एक दुखद घटना भएको छ । परिवारमा ठूलो बज्रपात आइलागेको छ । अब यसमा अहिले कसको गल्ती भनेर औंलाउने कुराभन्दा पनि अब यस्ता घटना फेरि नदोहोरियोस् भनेर चैं ख्याल गर्न आवश्यक छ । जे नहुनुपर्ने थियो त्यो भयो, यसले त्यो परिवारलाई दिएको पीडाको त नजरअंदाज मात्रै होला तर अब अर्को परिवारले यस्तो पीडा झेल्न नपरोस् भनेर चैं सचेत हुनुपर्दछ ।

अब यो परिवारमा परेको पीडामा समवेदना प्रकट गर्नुको विकल्प नहोला तर स्थानीय सरकारले भने पीडित परिवारको सवालमा केही सोच्न आवश्यक पर्दछ । उनीहरुलाई केही राहत भएपनि यो बेलामा व्यवस्था गरिदिएको खण्डमा थोरै नै भएपनि राहत होला र यस्ता घटना नदोहोरियोस् भन्नका लागि केही सचेतना कार्यक्रम पनि संचालन गर्न आवश्यक छ ।
अब यस्तो घटना कसैको परिवारमा पनि नदोहोरियास् भनेर सबै सचेत भने हुन आवश्यक छ ।

Leave a Reply