हुनत एकाध वर्षअघिसम्म पनि गणतन्त्र सबै नेपालीका लागि नआएको पो हो कि भन्ने अनुभूति नागरिक स्तरमा भएकै थियो । त्यसैले पनि नव युवाको विद्रोह भयो अनि देशमा एउटा ठूलो राजनीतिक परिवर्तन भयो ।

हुन त नव युवा आन्दोलनको क्रममा ठूलो मानवीय र भौतिक क्षति भयो त्यो घटना अन्यन्तै दु्ःखद छ । तर परिवर्तन भने देशका लागि आवश्यक थियो । मुख्यतः गणतन्त्रको ठेकेदार संझने काँग्रेस, एमाले र माओवादीका कारण जनता आजित भए पनि गत फागुनमा भएको चुनावमार्फत जनताले अर्को ब्यालेट विद्रोह गरे र रास्वपा भन्ने पार्टीलाई ठूलो दल बनाइ दिए भने हर्क साम्पाङ्गले नेतृत्व गरेको श्रम संस्कृति भन्ने अर्को पार्टीको पनि उदय भयो ।
वास्तवमा यही हो, गणतन्त्रको सुन्दर पक्ष भनेको हो । यही पार्टीले मधेसकी एकजना चेलीलाई सांसद बनायो र उनै व्यक्ति संसदको उपसभामुख बन्न पुग्नुभयो । राजा महाराजाहरुले चलाइएको देश भएको भए, काँग्रेस, एमाले र माओवादीले समेत भनौं अब उसले पनि यो अवस्थामा व्यक्तिलाई सायदै उपसभामुख बनाउथ्ये होला । हो, मधेसकी छोरी रुविकुमारी ठाकुर देशको सर्वोच्च निकाय प्रतिनिधि सभाको उपसभामुख जस्तो गरीमामय पदमा पुग्नुुभयो ।

शुक्रबार भएको संसदीय प्रक्रियामार्फत उहाँ उपसभामुख पदमा पुग्नुभएको हो । मधेसका नाउमा धेरै पसल खोलिए । धेरै रगत बग्यो । तर न्याय भने जे भएपनि श्रम संस्कृतिले गरेको देखिन्छ । एमाले बाहेक र राप्रपा भन्ने पार्र्टी बाहेक अरु दलको समर्थनमा रुविउपसभामुख बन्नुभयो र देशमा एउटा इतिहास रच्नुभयो । हो, यही हो गणतन्त्रले दिएको सुन्दर उपहार ।

Leave a Reply