अहिले बारासहित मध्य तराईमा प्रहरी गतिविधिको विषयमा कुरा गर्ने हो भने प्रहरीले यति बिघा र उति बिघा गाँजा फाडनी गरियो भनेर प्रचार गर्ने गरेको पाइन्छ । अझ कतिपय जिल्लामा त फनाला ठाउँमा गाँजा फाडनीका लागि ठूलो संख्यामा प्रहरी परिचालन छ भनेर प्रचार समेत गरेको पाइन्छ । प्रहरीको भनाईले यस्तो लाग्छ गाँजा फडानी गर्नु पनि ठूलै युद्ध जित्नु नै हो । त्यसो त विगत केही वर्षभन्दा अहिले यस क्षेत्रमा गाँजाको खेती निक्कै घटेको छ । यद्यपि कतै कतै गाँजा लगाएको पनि पाइन्छ तर कुनै समय यस क्षेत्रमा गाँजाको मात्रै खेती हुन्थो । बीचका वर्षमा रोकिएर यो अवैध खेती फेरि शुरु भएको हो । यसमा गाँजा खेती गर्ने कृषकहरु दोषि छैनन् । सरकारले उचित विकल्प नदिएपछि वाध्यताले कृषकहरुले गाँजा लगाएका हुन् । हो, नेपालको कानुन अनुसार त गाँजा खेती गर्न पाइदैन तर कतिपय कानुनहरुमा वास्तवमा फेरबदलको जरुरी पनि देखिन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने गाँजाको विषयमा बहस भइनैरहेको छ । प्रहरीले संधै गाँजा फाडनी गर्छ तर फडानी गरेर गाँजा कहिल्यै सकिदैन, आखिर किन ?किन भने यसको अन्त्य पनि छैन । बिश्वका कयौं विकसित देशहरुमा नेपालबाट गाँजा निर्यात गर्न सकिने आधारहरु पछिल्ला दिनमा पेस हुदै गइरहेका छन् । नेपालीहरुले पनि औषधीको रुपमा गाँजा प्रयोग गर्नसक्छन् तर लागू औषधको रुपमा होइन । यसका कारणले विकृति हुनसक्छ यसतर्फ सरकारले स्पष्ट नीति बनाएर गाँजा खेती गर्न दिनु नै देशका लागि समेत हितकर हुनेछ ।















