नरेश गुप्ता
बरियारपुर – जिल्ला प्रहरी कार्यालय बारामा बहुबिवाह र बाल बिवाह विरुद्ध उजुरी दिन जनचेतना जागेको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताए । सामुदायिक प्रहरी सेवा केन्द्रले बहुबिवाह र बाल बिवाह विरुद्ध सडक नाटक , विभिन्न जनचेतनामूलक कार्यक्रम गांउघरमा चलाएपछी बहु बिवाह र बाल बिवाह विरुद्ध पीडितहरु खुलेर उजुरी दिन आउने गरेको बाराको प्रहरी प्रवक्ता मिश्रले बताए ।
बहु बिवाह र बाल बिवाह समाजिक अपराध हो , यसलाई रोकथाम र न्यूनीकरण गर्न विभिन्न संघ संस्था , सामुदायिक प्रहरी सेवा केन्द्र ,सरोकारवाला लागेपछी यस्को विरुद्धमा प्रहरीमा उजुरी गर्न पहिलाको अनुपातमा अहिले बढेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकले देखाएको छ ।
बहु बिवाह र बाल बिवाह विरुद्ध उजुरी गर्न आउने पिडित समान्य परिवार देखि हुनेखानेहरुमा पनि यो समस्या देखा परेको प्रवक्ता मिश्रले जानकारी दिए । बहुबिवाह र बाल बिवाह विरुद्ध बिगतको दिनमा पनि भएको हो तर जनचेतना नभएर गाउँ समाजमै मिलाउने गरिएको थियो । आ ब ०७६/०७७ को भाद्र १ गते देखि मुलकी अपरधि सहिता ऐन आएपछी बाल बिवाह र बहु बिवाह गर्नेलाई दण्ड र जरिवाना समेत गरिने एनमा ब्यवस्था रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको त्रिबर्षिय तथ्यांक अनुसार आ ब ०७३/०७४ मा बहु बिवाहको ५ र बाल बिवाहको १ यो संख्या अर्को बर्ष आ ब ०७४/०७५ मा बढेर बहु बिवाहको १३ जना मुदा दर्ता रहेको छ । त्यसैगरी आ ब ०७५/०७६ मा बहु बिवाहको मुदा १० बाल बिवाह विरुद्ध २ र यो आर्थिक बर्षको माघ १९ सम्म बहु बिवाहको ६ वटा र बाल बिवाहको १ वटा मुदा दर्ता रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।