काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको छ ।घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रूपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै उहाँले मंगलवार अख्तियारमा उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो । कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युतको पीपीए गरेको जिकिर खरेलको छ। कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गर्नुभएको छ । त्यस क्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उहाँले गर्नुभएको छ ।

‘विद्युत् खरिद सम्झौतामा सहमति दिँदा विद्युत् नियमन आयोगले शुल्क लिनुपर्छ । उक्त रकम पाएपछि मात्रै प्राधिकरणले पीपीए गर्न पाउँछ । तर प्राधिकरणका प्रबन्ध निर्देशकले ऐनलाई नै माथ खुवाउँदै आफूखुसी पीपीए गरेका हुन’, खरेलले भन्नुभएको छ, ‘आयोग ऐन बनेको एक वर्षपछि पनि प्राधिकरणले स्वीकृतिबिना नै पीपीए गरेर राज्यलाई करोडौँको नोक्सानी गराएको छ ।

Leave a Reply